शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

मङ्गलबार, १२ असोज २०७८, १५ : २०
मङ्गलबार, १२ असोज २०७८

 जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई  नागरिकताको प्रमाणपत्र दिएको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले कर्मचारीको  अभावमा पनि नागरिकता बनाउन आउनेले सास्ती बेहोर्नु पर्ने बाध्यता हटाउँदै एकै दिनमा नागरिकता लिएर फर्किन पाउने व्यवस्था गरेका छन् ।  

कार्यालयमा आउनेहरुले विचौलियाको चङ्गुलमा पर्नाका साथै  अत्यधिक भीडभाडका कारण नागरिकता तथा राहदानी लिन समस्या भएको गुनासो गरेकाले  प्रजिअ महतोले कर्माचारीको अभावमा पनि नागरिकता लिन आउनेलाई एकै दिनमा नागरिकता दिएर पठाउने गरी कार्य सम्पादन गरेको सहायक प्रजिअ भूमेश्वर पोख्रेलले बताए ।

    प्रजिअ महतोले कोरोना महामारीका कारण जारी निषेधाज्ञाले लामो समयसम्म कार्यालयको काम ठप्प हुँदा अहिले सेवा लिनेको भीड एक्कासि बढेको जानकारी दिए । एसइईको परीक्षाफल आइसकेको र त्यसपछि  उच्च शिक्षा हासिल गर्न नागरिकताको आवश्यक पर्ने भएकाले पनि भीड बढेको हो । भीडलाई कम गर्न प्रक्रिया पुगेर आएको कागजात दर्ता भए  एकै दिनमा नागरिकता लिएर जान पाउने व्यवस्था गरिएको उहाँको भनाइ थियोे ।

    नागरिकताका साथै कार्यालयबाट प्रदान गरिने अन्य सेवाका लागि सेवाग्राहीहरु आउने गरेकाले पनि भीड बढेको प्रजिअ महतोले जानकारी गराए । 

    कार्यालयले आर्थिक वर्ष २०७६÷७७, २०७७÷७८ र २०७८÷७९ मा २७ हजार ४९२ जनालाई नागरिकता उपलब्ध गराएकामा  २०७६÷७७ मा आठ हजार ८०८ नयाँ र ५५२ प्रतिलिपि  २०७७÷७८ मा १० हजार १० नयाँ र एक हजार ८८३ प्रतिलिपि उपलब्ध गराएको थियो ।   आव २०७८÷७९ को यो दुई महिनामा ९साउनमा एक हजार ३८५ नयाँ र ७७५ प्रतिलिपि तथा भदौमा तीन हजार १०३ नयाँ र ९९४ प्रतिलिपि गरी० कूल छ हजार २३९ जनालाई नागरिकता उपलब्ध गराइएकोे प्रजिअ महतोले जानकारी दिए ।  अघिल्ला तीन वर्षको तुलनामा २०७८÷७९ को साउन र भदौमा धेरै नागरिकता वितरण गरिएको छ । कार्यालय परिसरमा आइसकेका सेवाग्राहीलाई खाली हात नफर्काउने प्रयासमा आफूहरु लागिपरेको र सो अनुसार काम पनि गरिरहेको प्रजिअ महतोको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप