शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शिल्पा शेट्टीको बचाउमा उत्रिइन् गहना : भन्छिन्, ‘शर्लिन चोपडाले राज कुन्द्राको पूजा गर्नुपर्छ’

मङ्गलबार, १२ असोज २०७८, १५ : २७
मङ्गलबार, १२ असोज २०७८

नायिका गहना वशिष्ठले शर्लिन चोपडालाई शिल्पा शेट्टीमाथि तथानाम भनेकोमा रोष प्रकट गरेकी छिन् । शर्लिनको यस्तो व्यवहारलाई गहनाले पब्लिसिटी स्टन्ट बताएकी छिन् । शर्लिनले शिल्पामा श्रीमान् तथा व्यापारी राज कुन्द्राको पूजा गर्नुपर्ने गहनाले बताएकी छिन् । तर उनले उनीमाथि पार्न र्याकेट चलाएको आरोप लगाइरहेकी छिन् । गहनाका अनुसार शर्लिनले नै राज कुन्द्रालाई बोल्ड सामग्री बनाउन बाध्य पारेकी थिइन् । 

गहनाले दाबी गरेअनुसार शर्लिनको भेट राजसँग साढे दुई वर्षअघि भएको थियो तर उनी सन् २०१२ देखि पोर्न र अश्लील सामग्री बनाइरहेकी थिइन् । राजलाई पोर्नोग्राफी मामिलामा २० सेप्टेम्बरमा जमानत दिइएको थियो । गहना पनि यहि मामिलामा आरोपी हुन् र उनी सर्वोच्च अदालतबाट पाएको अन्तरिम जमानतमा बाहिर छिन् । 

शर्लिनले राजका कारण थुप्रै पैसा कमाएकी छिन्ः

​भारतीय मिडियासँग कुराकानी गर्दै गहनाले भनिन्, ‘शर्लिनसँग गर्नका लागि केही काम छैन र उनी चर्चामा छाइरहनका लागि यस्तो गरिरहेकी छिन् । साथै, शर्लिनले यो स्टन्ट यसकारण पनि गरिन् किनभने बोल्ड कन्टेन्ट बनाउने मामिलामा आरोपीको रुपमा हेरियोस् भन्ने उनी चाहन्थिनन् । तर अब उनी शिल्पा शेट्टीसँग नीजि रुपमा जाइलाग्न थालेकी छिन्, जसले उनको बयानमा ध्यान पनि दिइरहेका छैनन् । शिल्पा आफूविरुद्ध मानहानीको मुद्दा दर्ता गर्न पनि महत्वपूर्ण ठान्दिनन् । शर्लिनले राजका कारण थुप्रै पैसा कमाएकी छिन् र आज उनी जे छिन्, उनकै कारणले छिन् ।’

शर्लिनको कुनै अस्तित्व छैनः

शर्लिन थप्छिन्, ‘उनलाई त कपडा उतार्न मात्रै आउँछ र अब उनी खबरमा रहिरहनका लागि यी सब गरिरहेकी छिन् । उनलाई यो पनि थाहा छ कि राज कुन्द्रा विरुद्ध बोल्दा उनले चर्चा पाउँछिन् त्यसैले उनी यस्तो गरिरहेकी छिन् । राज कुन्द्रा जेलबाट बाहिरिएपछि उनले सायद आफूलाई एक्लो महसुस गरिन् र मानिसहरुले उनलाई बिर्सिसकेको सोचिन् । त्यसपछि उनले शिल्पा शेट्टीमाथि हमला गर्न सुरु गरिन् । धन्य, शिल्पाका लागि शर्लिनको कुनै अस्तित्व छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप