बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले कार्यदलको बैठक– १० बुँदे कार्यान्वयनलाई प्रभावकारी बनाइने

मङ्गलबार, १२ असोज २०७८, १७ : १८
मङ्गलबार, १२ असोज २०७८

नेकपा एमालेले पार्टी एकतालाई अझै सुदृढ बनाउने बनाउने भएको छ । १० बुँदे सहमती कार्यान्वयनमा देखिएका समस्या समाधान गरेर आन्तरिक एकतालाई थप सुदृढ बनाउने एमालेको निष्कर्ष छ । दश बुँदे सहमती कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित पार्टीको उच्चस्तरीय कार्यदलको मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको बैठकले नीतिगत व्यवस्था गरेर पार्टीको आन्तरिक एकता अझै सुदृढ हुने गरी सो समस्या समाधान गरेर जाने निष्कर्ष निकालेको हो । 

बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायहरूको बारेमा छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए । उनले सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा देखिएको विवाद पनि १० बुँदे कार्यान्वयनको सन्दर्भमा आउने बताए । 

बैठकमा कार्यदलका सदस्यहरुले पार्टीको आन्तरिक एकता अझै मजबुत बनाउने गरी १० बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । त्यसका लागि २०७५ साल जेठ २ , जेठ ३ र पछिल्लो समय पार्टीमा क्रियाशील रहेकाहरुको कामको मूल्यांकनलाई आधार बनाएर अघि बढने विषयमा पनि छलफल गरिएको कार्य दलका सदस्य लेखराज भट्टले बताए । उनले पार्टीको सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै रहेको दावी समेत गरे । 

संयोजक रावल र नेता भट्टबीच सुदूरपश्चिम प्रदेशको पार्टीको इन्जार्चको विषयलाई लिएर विवाद छ । संयोजक रावलले सो विवाद पनि १० बुँदे सहमती कार्यान्वयनकै क्रममा समाधान भएर जाने विश्वास व्यक्त गरे । 

कार्यदलमा संयोजक रावलसहित महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्यय विष्णु पौडेल, घनश्याम भुसाल,  स्थायी कमिटीका सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे र भट्ट रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप