मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् बीग बसका १० ठूला सिक्रेट्स, के तपाईंलाई यसबारे थाहा छ ?

मङ्गलबार, १२ असोज २०७८, १७ : ५४
मङ्गलबार, १२ असोज २०७८

टिभीको चर्चित रियालिटी शो अक्टोबर २ देखि प्रशारणमा आउन लागेको छ । यो सिजनलाई पछिल्लो सिजनभन्दा पनि रोमाञ्चक बनाउनका लागि निर्माताले थुप्रै नयाँ प्रयोग गरिरहेका छन् । यसपाली पहिलोपटक कार्यक्रमका प्रतियोगी जंगलमा कुनै सुविधा बिना नै बस्नुपर्नेछ । जंगल थीमलाई यहाँ राख्नुको पछाडि प्रतियोगीतालाई पहिलेको भन्दा बढी स्पाइसी र धमाकेदार बनाउनु हो । तर सलमान खानको शो बिग बसका थुप्रै सिक्रेट्स पनि छन् जसबारे सायदै तपाईंहरुलाई जानकारी होला । आउनुहोस्, आज केही भित्री कुराबारे जानकारी लिऔं । 

बिग बसमा प्रतियोगी इन्टिमेट हुन्छन्ः

बिग बोस शोको रोमान्ससँग गहिरो नाता छ । बिग बसमा हरेक वर्ष प्रतियोगीबीच दोस्ती प्रेममा परिणत भएको देखिएको छ । थुप्रै पटक प्रतियोगी शोमा क्यामरा राखिएका छन् भनेर पनि बिर्सन्छन् र एक–अर्कासँग इन्टिमेट हुन्छन् । थुप्रै पटक हल्का फुल्का रोमान्सलाई टिभीमा देखाइन्छ तर बिग बसमा भएका केही गहिरो इन्टिमेट रोमान्स काट्ने गरिन्छ । 

गरिँदैन उत्पादनको ब्रान्ड प्रोमोसनः

यदि तपाईं बिग बसका प्रशंसक हुनुहुन्छ  भने कार्यक्रममा प्रतियोगीले जे जति उत्पादन प्रयोग गर्छन्, त्यसको ब्रान्ड लुकाएको पनि देख्नुभएको होला । स्याम्पूदेखि क्रिम वा जुनसुकै उत्पादन बिम बगमा कहिल्यै देखाइँदैनन् । 

धर्मसँग सम्बन्धित कुरालाई घरमा ल्याउन रोकः

बिग बसले आफ्नो घरमा कोही पनि प्रतियोगीलाई उनीहरुको धर्मसँग सम्बन्धित कुनै पनि कुरा ल्याउन अनुमति दिँदैन । प्रतियोगीले घर भित्र आफ्नो भगवानको फोटो वा मूर्ति ल्याउन सक्दैनन् । तर बिग बसमा हरेक पर्व धुमधामका साथ मनाइन्छ । यसका लागि बिग बस आफैंले सामानहरु उपलब्ध गराउने गर्छन् । जस्तै कि बिग बस ओटीटीमा गणपति पूजासँग सम्बन्धित सामग्रीलाई बिग बसले घरमा पुर्याएका थिए । 

घर सफा गर्न छुट्टै समूहः

बिग बसको घरमा हुन त सबै सफा प्रतियोगी आफैंले गर्छन् । खाना बनाउनेदेखि भाँडा माझ्नेसम्मका काम प्रतियोगीले आफैं गर्छन् । घरको कामका लागि प्रतियोगीबीच झगडा भएको पनि देखिन्छ । तर कार्यक्रममा बगैंचा परिसरमा जब टास्क हुन्छ, तब टास्क गर्दा जतिपनि फोहोर हुन्छन्, त्यो सफा गर्न छुट्टै समूह हुन्छ । यतिबेला प्रतियोगीलाई बाहिर आउने अनुमति दिइँदैन । 

शोमा आउनु अघि प्रतियोगीले यसबारे कसैलाई भन्न सक्दैनन्ः

बिग बस शो साइन गर्नेबेला प्रतियोगीले आफ्नो प्रवेशबारे कसैलाई पनि जानकारी दिन पाउनेछैनन् भनेर सम्झौता पत्रमा हस्ताक्षर गराइन्छ । जबसम्म निर्माताले यसको अनुमति दिँदैनन् शोमा जानेबारे कसैले पनि मुख खोल्न पाउँदैनन् । 

प्रतियोगी आफैंले शो छोड्न नसक्नेः

थुप्रै पटक तपाईंले देख्नुभएको होला कि प्रतियोगी भाग्ने कोसिस गर्छन् । तर उनीहरुलाई आफ्नो मर्जीमा घर छोड्ने अनुमति छैन । घरमा प्रतियोगी निर्माताको मर्जीले आउँछन् र भोटको आधारमा घरबाट बाहिरिन्छन् । यदि कोही प्रतियोथी घरबाट आफ्नो मर्जीले जान चाहन्छन् तब यसका लागि उनीहरुले मोटो जरिवाना तिनुपर्ने हुन्छ । यो कुराबारे कार्यक्रममा धेरैजसो कुरा भइरहेको पनि देख्न सकिन्छ ।


प्रतियोगीको नीजि आग्रह पूरा हुन्छन्ः

बिग बसले प्रतियोगीको नीजि आग्रह पनि पूरा गर्छन् । कुनै उत्सव मनाउन होस् वा आफ्ना लागि केहस् चाहिएको होस्, बिग बसलाई आग्रह गर्दा ती सामान उनीहरु भएठाउँ आइपुग्छ । हालै बिग बस ओटीटीमा कागती सिद्धिएपछि नेहा भासिन र प्रतिकले बिग बसलाई कागती पठाइदिन आग्रह गरेका थिए जुन पूरा भयो । यसका साथै राकेश बापटले भगवान गणेशको प्रतिमा बनाउनका लागि सामान मागो थिए, जसलाई बिग बसले घरमा पठाइदिएका थिए । 

के पूरा एपिसोड हेर्छन् सलमान ?

सलमान खान हरेक सिजनमा विकेन्ड का वार एपिसोडमा प्रतियोगीको व्यवहारमा आफ्नो धारणा व्यक्त गरिरहेको देखिन्छन् । प्रतियोगीले गल्ती गर्दा गालीसमेत गर्छन् । यस्तोमा तपाईंलाई सलमानले निकै ध्यान दिएर कार्यक्रम हेर्छन् भन्ने पनि लाग्न सक्लाा । तर रिपोर्टलाई विश्वास गर्ने हो भने सलमान खान हप्ताभरीका केही आवश्यक कुरा मात्रै हेर्छन् । सलमानलाई प्रतियोगीबारे जानकारी दिन एउटा समूह नै बनाएको बताइन्छ । 

को हुन् बिग बस ?

बिग बग को होलान् ? यो प्रश्न सबैको मनमा हुनसक्ला । घरमा प्रतियोगीसँग कुरा गर्ने बिग बस आखिर को होलान् भन्ने उत्सुकता सबैमा होला । रिपोर्टका अनुसार बिग बसको आवाज अतुल कपुरको हो । अतुल कपुरले हलिउड र बलिउड फिल्ममा आफ्नो आवाज दिइसकेका छन् ।
 
प्रतियोगीको पारिश्रमिकमा गोपनियताः

बिग बसमा संलग्न हुने प्रतियोगीको पारिश्रमिकबारे कहिले पनि खुलासा गरिँदैन । यद्यपि, हरेक वर्ष प्रतियोगीको पारिश्रमिक बारे विभिन्न रिपोर्ट आइरहन्छन् तर आधिकारिक रुपमा यसबारे केही जानकारी दिइँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप