बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्कटलाई अवसरमा बदल्न बहुपक्षीय समझदारी आवश्यक : परराष्ट्रमन्त्री खड्का

मङ्गलबार, १२ असोज २०७८, १७ : ५३
मङ्गलबार, १२ असोज २०७८

विश्वका सबै जनताको भविष्यलाई सुरक्षित बनाउन बहुपक्षीय समझदारी जरुरी रहेको परराष्ट्रमन्त्री डा. नारायण खड्काले बताएका छन् । अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७६ औँ महासभालाई सम्बोधन गर्दै मन्त्री खड्काले राष्ट्रसंघलाई केन्द्रमा राखेर गरिने साझा सहकार्यको पक्षमा नेपाल रहेको बताएका हुन् ।

कोभिड–१९ महामारीले वैश्विक अर्थतन्त्र धरापमा पारेको र थप १५ करोड जनसङ्ख्यालाई अति गरिबीमा धकेलेको उनले बताए । महामारीपछि सिर्जित सङ्कटलाई अब अवसर र आशामा बदल्ने समय आएको पनि उनले बताए । त्यसै गरी, नेपालले कसैसँग दुस्मनी नलिने र सबैसँग मित्रवत् सम्बन्ध राख्ने नीति लिएको उनले बताए । ‘सहकार्य, एकता र आपसी विश्वासको जगमा बलियो, अन्तरसम्बन्धित र समावेशी बहुपक्षीय प्रणाली बनाउनुपर्ने समय आएको छ,’ खड्काले भने । 

को–कोसँग भेटे ?

मन्त्री खड्काले संयुक्त राष्ट्रसंघको ७६ औँ महासभाका सभापति तथा मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह साहिदलाई भेटेर बधाई दिएका छन् ।  दुई साताअघिमात्रै साहिद सभापति चुनिएका थिए । त्यसै गरी संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खरे, भारतका विदेशमन्त्री एस जयशंकर, बंगलादेशका विदेशमन्त्री  अब्दुल मोमेन, कुवेतका विदेशमन्त्री अहमद नसेर अल महोम्मदलगायत कुटनीतिज्ञहरुसँग मन्त्री खड्काले भेट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप