बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कपनबाट ४ वर्षीय बालक हराए, अपहरणको आशंका

मङ्गलबार, १२ असोज २०७८, १८ : २९
मङ्गलबार, १२ असोज २०७८

राजधानीको कपनबाट ४ वर्षका बालक हराएका छन् । भारतको विहार घर भएका पियुष शर्मा सोमबार साँझबाट हराएको भनेर अभिभावकले प्रहरीलाई खबर गरेका छन् । बालकको अपहरण भएको आशंकामा अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । 

पियुष आमाबुबासँग कपनमा बस्दै आएका थिए । भारतबाट आएका एकजना पुरुषले अपहरण गरेर लगेको आशंका भएको प्रहरीले जनाएको छ । बालकका बुवा विनोद शर्मा टायलको काम गर्छन् । बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शंकर दासले बालकलाई लिएर हिँडेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बिनोद र शंकरको बीचमा पूर्व चिनजान थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप