मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसको नगर समितिमा भोट हाल्दै विनोद चौधरीले भने – कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याऔँ

मङ्गलबार, १२ असोज २०७८, १८ : ३८
मङ्गलबार, १२ असोज २०७८

उद्योगपति तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले पार्टीका कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउन पर्ने बताएका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका उनले नवलपरासीको देवचुुली नगर समितिमा भोट हाल्दै यस्तो बताएका हुन् ।

नेपाली काँग्रेसको नगर तथा गाउँपालिका अधिवेशनका क्रममा भोट हाल्दै उनले कार्यकर्तालाई आफ्नै खुट्टामा उभ्याउने गरी अवको नीति तथा योजना बनाउनुपर्ने उल्लेख गरे । यसो गर्न सके पार्टीको भविष्य समेत उज्जवल हुने उनको भनाइ छ ।

उनले भोट हालेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा राख्दै लेखेका छन्, ‘नेपाली काँग्रेस ऐतिहासिक महाधिवेशनको संघारमा छ । हामी सम्पूर्ण रुपले महाधिवेशनमा होमिएका छौं ।’ यस्तै, पार्टीको भविष्य र आगामी बाटो निर्धारण गर्ने उल्लासमय राजनीतिक महोत्सवलाई लिएर आफू उत्साहित भएको समेत उनले उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप