बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध मुद्दाका थुनुवा कीर्तिपुरको आइसोलेसनबाट फरार

मङ्गलबार, १२ असोज २०७८, १९ : ०१
मङ्गलबार, १२ असोज २०७८

कीर्तिपुरस्थित कोभिड आइसोलेशन सेन्टरबाट लागु औषध मुद्दाका थुनुवा भागेका छन् ।सिन्धुली घर भएका राहुल तामाङ आइसोलेशनको शौचालयबाट भागेको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले रातोपाटीलाई बताए ।

महानगरीय प्रहरी वृत थानकोटले उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको थियो । कोभिड पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेशनमा राखिएको थियो ।मंगलबार दिउँसो शौचालयबाट प्रहरीको आँखा छलेर उनी भागेका हुन् । फरार थुनुवाको खोजी भइरहेको डिएसपी पोखरेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप