बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बजारमा टाटा मोटर्सको नयाँ एनआरजी

मङ्गलबार, १२ असोज २०७८, १९ : ३१
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘नयाँ फरएभर रेञ्ज’ अन्तर्गतको नयाँ गाडी एनआरजी सार्वजनिक गरेको छ । ह्याचब्याकमा एसयूभीको जस्तै ड्राइभिङ अनुभव गर्न चाहने युवा ग्राहक लक्षित गरी एनआरजी सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

‘अर्बन टफरोडर’ को रुपमा आएको उक्त गाडिको बाहिरी बनावट बलियो र ग्राउन्ड क्लेरेन्स उच्च रहेको कम्पनीले जनाएको छ । 

सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो ह्वाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध रहेको छ । यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभर रहेको शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप