शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दरबार हाई स्कुलको डिजिटल शिक्षाका लागि सनराइज बैंकको सहयोग

मङ्गलबार, १२ असोज २०७८, १९ : ४२
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । सनराइज बैंकले दरबार हाई स्कुलको डिजिटल शिक्षाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले १४औं वार्षिकोत्सवको अवसर पारेर जोन्ता क्लब काठमाडौं मार्फत स्कुललाई आर्थिक सहयोग गरेको हो । 

कोभिड १९ ले शैक्षिक संस्थाहरु पूर्णरुपले संचालन गर्न नसकिएको हालको अवस्थामा केही निजी विद्यालयहरूले डिजिटल कक्षाहरू संचालन गर्दै आएका छन् तर सरकारी विद्यालयहरुमा भने डिजिटल कक्षाहरू संचालन गर्न प्रयाप्त स्रोतसाधन र प्रविधिको अभाव रहेको छ ।

यसै कुरालाई मध्यनजर गदै बैंकले जोन्ता क्लब काठमाडौंसँग सहकार्य गरी दरबार हाई स्कूल अन्तर्गतको संस्कृत माध्यमिक विद्यालयका शिक्षकहरुका लागी ल्यापटप खरिद गरी आवश्यक तालिम संचालन गर्न जोन्ता क्लब काठमाडौंलाई २ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ । 

सनराइज बैंकले यसअघि पनि दरबार हाई स्कुल अन्तर्गतको भानु माविका विद्यार्थीहरुलाई डिजिटल कक्षा सञ्चालन गर्न जोन्ता क्लब काठमाडौंलाई तीन लाख रुपैयाँ सहयोग गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप