विभिन्न माग राख्दै अनेरास्ववियुले बुझायो गृहमन्त्रीलाई ज्ञापन पत्र
नेकपा (एकीकृत समाजवादी) पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुले विभिन्न माग राख्दै गृहमन्त्री बालकृष्ण खाणलाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार अनेरास्ववियुले जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्न, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको टोलीले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा जनताका आधारभूत विषयमा र अन्याय, अत्याचारका विरुद्धमा संघर्ष र बलिदान गर्न जस्तोसुकै अवस्थामा पनि तयार भएको उल्लेख छ ।
उपमहासचिव अशोक थापाले अहिले बजारमा देखिएको कालोबजारी, खानेतेल, इन्धन, खाद्यवस्तुमा मूल्यवृद्धि, यातायातमा भएको भाडा वृद्धि र विद्यार्थीले पाउने छुट जस्ता विषयलाई सम्बोधन गरेर जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको जिम्मा सरोकारवाला पक्ष र सरकारले लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ