शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीएस६ भर्सनको यामाहा एमटी–१५ सार्वजनिक, मूल्य कति ?

मङ्गलबार, १२ असोज २०७८, २० : १०
मङ्गलबार, १२ असोज २०७८

काठमाडौं । बीएस६ भर्सनको यामाहा एमटी–१५ मोटरसाइकल सार्वजनिक गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बीएस६ भर्सनको एमटी–१५ नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले काठमाडौं स्थित भृकुटीमण्डपमा जारी यामाहा महा एक्सचेञ्ज मेलामा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो । 

एमटी–१५ मा बीएस६ मापदण्डयुक्त १५५ सीसी लिक्विड कुल्ड फोर स्ट्रोक एसओएचसी फोर भल्व इन्जिन छ जसले १८.५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्न सक्ने क्षमता राख्ने कम्पनीको दावी छ । 

यो मोटरसाइकलको नेपाली मूल्य रंग अनुसार फरक तय भएको छ । जसमा ४ लाख ४९ हजार ९ सय, ४ लाख ५४ हजार ९ सय र ४ लाख ५९ हजार ९ सय रुपैयाँ पर्नेछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप