शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले युवासंघका ५ नेताद्वारा राजीनामाको घोषणा

मङ्गलबार, १२ असोज २०७८, २१ : १९
मङ्गलबार, १२ असोज २०७८

नेकपा एमालेको भ्रातृ संगठन युवा संघका ५ जना केन्द्रीय तहका नेताले पदबाट राजीनामाको घोषणा गरेका छन् । प्रदेश २ बाट प्रतिनिधित्व गर्ने उनीहरुले युवा संघको अध्यक्षलाई सम्बोधन गरेर पत्र लेख्दै राजीनामाको घोषणा गरेका हुन् । 
राजीनामा दिनेहरूमा युवा संघ स्थायी कमिटी सदस्य राकेशराज गिरि, नरेश साह तुरहा, निवेशकुमार, केन्द्रीय सदस्यद्वय वीरबल कुश्वाहा र सञ्जय यादव रहेका छन् ।  उनीहरुले आफूहरुले प्रतिनिधित्व गर्ने प्रदेश २ मा पार्टी कमिटीका नेताहरुले विचार र विधिविहीन हुकुमी शैलीमा पार्टीलाई लगेको आरोप लगाएका छन् । 

उनीहरुले नेकपा विभाजनपछि आफूहरुले एमालेलाई नेकपाकै निरन्तरताको रुपमा अगाडि बढाएमात्रै पार्टी नेतृत्वलाई साथ दिन सकिने राख्दै आएपछि मुल नेतृत्वले एकता नस्वीकारेर एकलौटी ढंगले पार्टी सञ्चालन गरेको दावी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप