शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हत्या आरोपित वडाध्यक्षले गरे आत्मसमर्पण

मङ्गलबार, १२ असोज २०७८, २१ : ४२
मङ्गलबार, १२ असोज २०७८

धनुषामा हत्या आरोपित एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमिन्त्रादेवी यादवलाई कुटपिट गरी हत्या गरेको आरोप लागेका सोही वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले ईलाका प्रहरी कार्यालय सबैलामा आत्मसमर्पण गरेका हुन् ।

सो घटनाको ज्यान मार्ने उद्योगका १० जना आरोपितमध्ये फरार रहेका वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आत्मसमर्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको विवादमा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।

सो घटनामा सुमिन्त्रासहित स्थानीय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रंजित यादवसमेत गम्भीर घाइते भएका थिए । तर उपचारको क्रममा सुमित्राको मृत्यु भएपछि परिवारजनले वडाध्यक्ष कुशेश्वरसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमै कर्तव्य ज्यान उद्योगमा मुद्दा दर्ता गराएका थिए ।

मोरङ प्रहरीले सो मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सबैलालाई गत जेठ १६ मा पठाएको थियो । फरार आरोपीमध्ये वडाध्यक्ष आफै हाजिर भएको इप्रका सबैलाका प्रमुख राजेश सिग्देलले जानकारी दिए ।

प्रहरी नियन्त्रणमा रहेका वडाअध्यक्ष कुशेश्वर विरुद्ध सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । पक्राउ परेका वडाध्यक्ष कुशेश्वरले आफू झगडामा सहभागी नरहेको बताए । उनले भने, ‘म आफै सरकारी वकिलको सल्लाह अनुसार प्रहरीमा हाजिर भएको हुँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप