बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फरार अभियुक्त १२ वर्षपछि पक्राउ

मङ्गलबार, १२ असोज २०७८, २२ : ०७
मङ्गलबार, १२ असोज २०७८

 कञ्चनपुरमा मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक अभियुक्त १२ वर्षपछि आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा साविकको पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशी रहेका छन् । जोशीले पिपलाडीकै एक महिलालाई ललाईफकाई बेचबिखन गर्न भारतको नयाँ दिल्ली पु¥याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ति महिलाका आफन्तले २०६४ सालमा जोशीविरुद्ध मानव बेचबिखनको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

 प्रहरीले जोशीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले २०६६ जेठ २५ गते उक्त मुद्दाको फैसला गर्दै जोशीलाई २० वर्ष कैद तथा रु दुई लाख जरिवाना गरेको थियो ।     फारर अभियुक्त जोशीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई आजै जिल्ला अदालत समक्ष पेश गरेको थियो । जिल्ला अदालतले अभियुक्त जोशीलाई कारागार चलान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप