वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

person explore access_timeअसोज १३, २०७८ chat_bubble_outline0

नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । नेपालका वरिष्ठ चिकित्सकहरूको सल्लाहमा थप उपचारका लागि पुन बैंकक गएका हुन् । उनको साथमा पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती पनि छन् ।

पूर्व मन्त्री समेत रहेका पुन केही समयदेखि अस्वस्थ भएपछि सुमेरु अस्पतालमा उपचार गर्दै आएका थिए ।​ जन्डिसबाट पीडित पुनको स्वास्थ्यमा खासै सुधार भएको थिएन । ​जन्डिसको मात्रा नघटेकाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेता पुनको थप उपचारका लागि आवश्यक कदम चाल्न सुझाव दिएका थिए । यसअघि २०७२ सालमा पनि उनको बैंककमै उपचार भएको थियो ।

नेता पुनका स्वकीय सचिव सन्तोष पुनले अध्यक्ष प्रचण्डलगायतका नेताहरूको सल्लाहपछि उनको थप उपचार थाइल्याण्डको बुरमुङगार्ड अस्पतालमा गरिने जानकारी दिए । उपचारमा संलग्न चिकित्सकका अनुसार नेता पुनलाई वंशाणुगत रूपमा सङ्क्रमण भएको जन्डिसले दुःख दिने गरेको छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।