शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सहमतिमा एमसीसी पारित गरिनुपर्छ : परराष्ट्रमन्त्री खड्का

बुधबार, १३ असोज २०७८, ०७ : ३४
बुधबार, १३ असोज २०७८

न्यूयोर्क । परराष्ट्रमन्त्री नारायण खड्काले दलीय सहमतिको आधारमा एमसीसी पारित गरिनुपर्ने बताएका छन् । न्यूयोर्कमा नेपाली समुदायसँगको अन्तक्र्रिया कार्यक्रममा  खड्काले भने, “सबै दल बसेर छलफल गरौँ, हामीलाई चाहिने हो भने पारित गरौँ नभए नगरौँ ।’

एमसीसीबारे कतिपय भ्रम समेत रहेको बताउँदै उनले त्यसलाई सरकारले प्रस्ट पार्न कोसिस गर्ने बताए । 'हामीलाई यो चाहिन्छ भन्ने निष्कर्षमा पुगिन्छ भने पारित गरौँ , नभए नगरौँ ,'  खड्काले भने ।


एमसीसीलाई धेरै गिजोल्न तिर लाग्न नहुने बताउँदै उनले यो एक दलले मात्र गरेर नहुने बताए । “सरकार वा कुनै एक दलले मात्र चाहेर एमसीसी पारित हुने अवस्था छैन । यसमा राष्ट्रिय सहमति अवश्यक छ,” उनले भने । 

राजनीतिका दलकै पिच्छेको विदेश नीतिले मुलुकको वैदेशीक सम्बन्ध संचालन हुन नहुने बताए ।

देशको विदेश नीतिलाई राजनीतिक दलको नीतिले प्रतिस्थापन गर्ने खोज्दा समस्या आउछ । “म सबै राजनीतिक दलको सहमतिको आधारमा अगाडि बड्ने छु,” उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्ट, न्युयोर्क च्याप्टर प्रेसिडेन्ट आङगछिरिङग शेर्पा, समाजिक अभियन्ता डा। विष्णुमाया परियार, प्रवासी मञ्चका टेक गुरुङ​, एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष केशव पौडेल, पत्रकार किरण मरहठ्ठा लगायतले नेपाली अमेरिकन समुदायको चासो र चिन्ताका बारे जानकारी गराएका थिए ।

यस्तै एनआरएनएका महासचिव अन्जनकुमार चापागार्इँले एनआरएनएको समस्या बारे ज्ञापनपत्र बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप