शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कपनबाट हराएका बालक भारतमा फेला, नेपाल ल्याइँदै

बुधबार, १३ असोज २०७८, ०७ : ५७
बुधबार, १३ असोज २०७८

काठमाडौँको कपनबाट हराएका ४ वर्षका पीयूष शर्मा भारतमा फेला परेका छन् । सोमबार साँझबाट हराएका बालक भारतमा आफन्तको सम्पर्कमा पुगेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । बालकको अपहरण भएको आशङ्कामा महानगरीय अपराध महाशाखा र काठमाडौँ प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

भारतको बिहान घर भएका पीयूष आमाबुवासँग कपनमा बस्दै आएका थिए । बालकका आमा बुवासँग चिनजान भएका शङ्कर दासले बच्चा लगेको थाहा भएको छ । ‘हजुरबुबाले बच्चालाई विहारस्थित आफ्नो घरमा ल्याएका छन्’ एसपी बस्नेत भन्छन्–‘अब काठमाडौँ ल्याउँदै छन् ।’

 बालकका बुवा विनोद शर्मा टायलको काम गर्छन् । बुबा आमालाई जानकारी नदिई कपनस्थित चुनिखेल बस्ने भारतीय नागरिक शङ्कर दासले बालकलाई लिएर हिँडेका थिए ।

तेजिया पर्वका लागि आमा फलफूल किन्न गएको र फर्किँदा बच्चा नभेटेपछि परिवारले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा खबर गरेका थिए । महाराजगञ्ज प्रहरीले बेवास्ता गरेपछि उनीहरू बच्चा खोजिदिन आग्रह गर्दै मंगलबार महानगरीय अपराध महाशाखामा पुगेका थिए ।  विनोद र शंकरको बिचमा पूर्व चिनजान थियो । दुवै भारतको बिहारका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप