शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पञ्जाबलाई हराउँदै मुम्बई पाँचौँ स्थानमा

बुधबार, १३ असोज २०७८, ०८ : ३२
बुधबार, १३ असोज २०७८

पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को अंक तालिकामा पाचौँ स्थानमा उक्लिएको छ । पञ्जाबले प्रस्तुत गरेको १३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा मात्र ४ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

मुम्बईलाई जीत दिलाउन हार्दिक पाण्ड्याले शानदार ब्याटिङ गर्दै ३० बलमा नटआउट रहँदै ४० रन बनाए । उनले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । त्यस्तै सौरभ तिवारीले ३७ बलमा ४५ रनको योगदान दिए । पञ्जाबका लागि रवि विश्नोईले २ विकेट लिए ।

यसअघि, एडेन मार्करमको ४२ रनको मद्दतले पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । पञ्जाबका लागि दीपक हुडाले २८ तथा कप्तान केएल राहुले २१ रनको योगदान दिए । ११ खेलमा १० अंक बटुल्दै मुम्बई पाँचौँ स्थानमा उक्लिएको छ । पञ्जाब ८ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप