इन्टर्नसिप आवेदन आह्वान
बुधबार, १३ असोज २०७८, ११ : ३०
सरकारले कोरोना महामारी कारण विदेशमा चिकित्सा शिक्षा अध्ययन गरी इन्टर्नसिप पूरा नगरेका विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै चिकित्सा शिक्षा अध्ययनरत सन् २०१५ ब्याचका विद्यार्थीलाई इन्टर्न सिपका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरेको हो ।
सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीले प्रयोगात्मक अभ्यास पूरा गर्न दिन सक्नेछन् । जारी सूचनामा असोज २२ गतेसम्म विद्यार्थीलाई आवेदन दिन आग्रह गरिएको छ । लामो समयदेखि विदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले इन्टर्नसिपको माग गर्दै आन्दोलन गर्दै आइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु
-
अमेठीमा उम्मेदवारी दिनुअघि राहुल गान्धीले अयोध्यामा रामको दर्शन गर्ने
-
माओवादीको स्थगित जागरण अभियान सञ्चालन अन्योलमा
-
गुठी विधेयक छिट्टै ल्याउँछौँ : मन्त्री अधिकारी
-
मधेसमा लुंगेलीले पाइन् श्रम मन्त्रालयको जिम्मेवारी
-
वर्तमान गठबन्धन रहने नरहने ओलीमा भर पर्छ : मातृका यादव