शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिद्धुले राजीनामा दिएपछि ट्रेन्ड भइन् अर्चना, रोचक मीम्समा दिइन् प्रतिक्रिया

बुधबार, १३ असोज २०७८, ११ : ५३
बुधबार, १३ असोज २०७८

 

मंगलबार कांग्रेस नेता नवजोत सिंह सिद्धूले पञ्जाब कांग्रेस पदबाट राजीनामा दिएर सबैलाई चकित पारिदिए । राजनीतिक फाँटमा एकातिर सिद्धु ट्रेन्ड भइरहेका छन् भने यस्तै मनोरञ्जन जगतमा अर्चना पुरन सिंह छाएकी छिन् । अब सिद्धुको राजीनामा पछि अर्चना किन ट्रेन्ड हुन थालिन् । यसको जवाफ हो ‘कुर्सी’ ।

सोसल मिडिया प्रयोगकर्ताले द कपिल शर्मा शोमा अर्चना कुर्सीमा सिद्धुको राजीनामापछि खतरा निम्तिएको बताएका छन् । अर्चनाको विषयमा थुप्रै मीम्स भाइरल हुन थालेका छन् । यी मीम्समा अर्चनाले प्रतिक्रिया पनि दिएकी छिन् ।

 


रोचक मीम्समा कस्तो छ अर्चना पूरन सिंहको प्रतिक्रिया ?

आजतकसँगको कुराकानीमा अर्चनाले भनिन्, ‘मैले थुप्रै मीम्स देखेकी छु । मैले तीमध्ये धेरै ट्वीट रिट्वीट गरेकी छु । मीम्स साह्रै रमाइला छन् । मलाई असाध्यै खुसी लागेको छ कि भारतीयको यति राम्रो सेन्स अफ ह्यूमर छ । राजनीति, क्रिकेट र मनोरञ्जन सधैं एक–अर्कासँग सम्बन्धित हुन्छन् । यो तीनै चिजको सम्मिश्रण निकै शानदार हुन्छ । नवजोत सिंह सिद्धु र मेरो कुरा गर्नुपर्दा यसमा राजनीति पनि छ, क्रिकेट पनि छ र मनोरञ्जन पनि छ ।’

‘यसमा मानिसहरुले प्रतिक्रिया नजनाउने भन्ने पनि हुन्छ ? मलाई त असाध्यै मज्जा आयो । नवाजोत सिंह सिद्धुले त्यहाँ पञ्जाबमा राजीनामा दिए र यहाँ देशभरी कपिल शर्मा शो र अर्चना पूरन सिंह ट्रेन्ड भइरहेको छ । यो साँच्चै नै मज्जाको छ ।’

कुर्सीमाथि खतराबारे के भनिन् ?

यसअघि अर्चना पूरन सिंहले द कपिल शर्मा शोमा आफ्नो कुर्सीमाथिको संकटबारे प्रतिक्रिया दिएकी थिइन् । उनले भनेकी थिइन्, ‘कसले भन्छ कि मेरो कुर्सीमाथि खतरा छ । म त भन्छु नै, जुन कुर्सी त्यहाँ नवजोतले छोडेका छन्, त्यो कुर्सीबाट मलाई खतरा हुनुपर्छ । यसै पनि म कुर्सी कब्जा गर्ने विषयमा बदनाम छु, त्यसैले डर मलाई होइन, ती मानिसलाई लाग्नु पर्छ, सायद मेरो नजर अब त्यो कुर्सीमा हुनसक्ला । म यसलाई पनि रमाइलोको रुपमा हेरिरहेकी छु । म यतिमात्रै भन्न चाहन्छु कि यो सबै रमाइलो छ । मलाई थाहा छैन कि कुन कुर्सीमा मेरो र नवजोतको नाम जोडिएको छ । मैले त आफ्नो कुर्सीलाई बलियोसँग सम्हालेर राखेकी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप