बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

बुधबार, १३ असोज २०७८, १२ : ५२
बुधबार, १३ असोज २०७८

अर्घाखाँचीको सन्धिखर्कमा श्रीमानले लठ्ठीले हिर्काएर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सन्धिखर्क नगरपालिका–७, खाँचीकोटका विष्णु विकले ३५ वर्षीय श्रीमती सीता विकको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीकाअनुसार मंगलवार राती खाँचीकोटमा दुवैजनाले सँगै बसेर मदिरा पिएका थिए । त्यहीबेला उनीहरुबीच झगडा भएको थियो ।

मदिरा पिएका बेला विष्णुले सीतामाथि लठ्ठी प्रहार गरेर हत्या गरेको प्रहरी निरिक्षक सुजन विक्रम शाहले बताए । हत्या गरेको आरोपमा प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप