बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित

बुधबार, १३ असोज २०७८, १६ : १३
बुधबार, १३ असोज २०७८

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ता ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा “प्रोफेसनल डक्टरल सर्टिफिकेट”बाट सम्मानित भएका छन् । युरोपियन इन्टरनेशनल युनिभरसिटी–पेरिस, फ्रान्सले बुधबार गुप्तालाई उक्त सम्मानले सम्मानित गरेको हो ।

सेराटन दुबई क्रिक होटल्स एण्ड टावर्समा आयोजित कार्यक्रममा गुप्तालाई युनिभरसिटीले भव्य समारोहकाबीच सर्टिफिकेट प्रदान गर्दै सम्मान गरेको हो ।
दैनिक उपभोग्य दाल चामल, तेलका व्यवसायी समेत रहेका गुप्ता लामो समयदेखि सामाजिक सेवाका साथै संस्थागत र आर्थिक विकासको क्षेत्रमा क्रियाशिल रहँदै आएका छन् । सोही सोही बापत युरोपियन इन्टरनेशनल युनिभरसिटीको मोनिटरिङ्ग बोर्डले गुप्तालाई ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ सम्मान गर्ने निर्णय गरेको हो ।

गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारणी सदस्यसँगै नेपाल दाल, चामल, तेल उद्योगका लागि महासंघको केन्द्रीय अध्यक्ष समेत रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप