बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आइसीटी अवार्डको शीर्ष प्रायोजकमा ‘एफवान सफ्ट’, डिजिटल इकोसिस्टममा सहकार्य गर्ने

बुधबार, १३ असोज २०७८, १६ : १९
बुधबार, १३ असोज २०७८

काठमाडौं । छैटौं संस्करणको आइसीटी अवार्डको शीर्ष प्रायोजन एफवान सफ्टले गर्ने भएको छ । सोमवार आइसीटी अवार्डको आयोजक लिभिङ वीथ आइसीटी र एफवान सफ्टबीच शीर्ष प्रायोजनका लागि सम्झौता भएको हो । सम्झौता अनुसार कार्यक्रमको नाम ‘एफवान सफ्ट आइसीटी अवार्ड २०२१’ हुनेछ । 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसीटी अवार्डको छैटौं संस्करणमा ११ विधामा नोमिनेशन खुल्ला गरिएको थियो । जसमा ३५० भन्दा बढीको आवेदन प्राप्त भएको थियो । अहिले विभिन्न चरणमा छनौट प्रक्रियाहरू सञ्चालन भइरहेको छ ।

अवार्डका विजेतालाई पुरस्कार वितरण तथा ग्राण्ड फिनाले कार्यक्रम १७ डिसेम्बर २०२१ मा सोल्टी होटलमा आयोजना हुनेछ । आइसीटी अवार्डको प्रि इभेन्ट क्याम्पियनको रूपमा यही असोज १५ गते ४० बढी स्टार्टअपलाई मेन्टरिङ सेसन र १६ गते शनिवार एक्जिविसन आयोजना भइरहेको आयोजकले जनाएको छ । 

एफवान सफ्ट १७ वर्ष अघि स्थापना भएको डिजिटल वित्तीय सेवा प्रदान गर्ने संस्था हो । एफवान सफ्ट ग्रुप अन्तर्गत हाल १३ कम्पनी सञ्चालन भइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप