शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

छैटौं विश्व स्कुल दुध दिवस सम्पन्न

बुधबार, १३ असोज २०७८, १७ : ०५
बुधबार, १३ असोज २०७८

नेपाल डेरी एसोसिएसनको आयोजनामा आज नेपालभर छैटौं विश्व स्कुल दुध दिवस सम्पन्न भएको छ । एसोसिएसनले आज विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व स्कुल दुध दिवस सम्पन्न गरेको हो । नेपालमा २०७३ सालदेखि नेपाल डेरी एसोसिएसनले यो दिवस मनाउन शुरु गरेको थियो । एसोसिएसनले यस वर्षको दिवस मनाउन सबै प्रदेश, जिल्ला, पालिका लगायत ठाउँमा कार्यक्रम गर्न परिपत्र जारी गरिएको थियो ।

यसैबीच, एसोसिएशनले आज कमल पोखरीस्थित कमल आधारभूत विद्यालयमा यो कार्यक्रम सम्पन्न गरेको हो । एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले दुधको आवश्यकताका बारेमा जानकारी दिन हरेक वर्ष यो कार्यक्रमको आयोजना गर्दै आएको बताए ।

उनले यो कार्यक्रमबाट बालबालिकालाई दुधको आवश्यक्ता सम्बन्धी जानकारी दिने लक्ष्य एसोसिएसनले लिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप