शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस काठमाडौं महानगरपालिका सभापतिमा शाक्यको दावी

बुधबार, १३ असोज २०७८, १८ : ४१
बुधबार, १३ असोज २०७८

नेपाली काँग्रेसको काठमाडौं महानगरपालिका कमिटी सभापतिमा नेता निलकाजी शाक्यले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । काँग्रेस काठमाडौंको पालिका अधिवेशन शनिबारको लागि तय भएको सन्दर्भमा शाक्यले सभापतिमा आफ्नो दावेदारी प्रस्तुत गरेका हुन् । 

शाक्यले काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत  काठमाडौं महानगर समितिमा सभापतिका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै अन्य दावेदारहरुले पनि अन्तिम समयमा आफूलाई नै सहयोग गर्नेमा विश्वास व्यक्त गरे । काँग्रेसमा प्रकाशमान सिंह निकट भनेर चिनिने उनले सर्वसम्मत सभापति चयनका लागि पहल भइरहेको समेत बताए । 

‘लोकतन्त्र र विधिको शासनका पक्षमा मैले साढे चार दशकदेखि यात्रा अविचलित रही कायम राखेको छु’, उनले भने, ‘त्यही जप,तपको अग्निपरीक्षाका रुपमा यस उम्मेदवारीलाई लिएको छु। प्रतिनिधिहरुले मेरो एजेण्डा, त्याग, तपस्या र समर्पणको कदर गर्नुहुन्छ भन्ने विश्वास पनि लिएको छु ।’

 २०३३ सालमा जननेता विपी कोइरालाले शुरु गरेको राष्ट्रिय मेलमिलाप नीतिले काँग्रेस प्रतिको आकर्षणले आफूलाई तानेको बताउँदै उनले त्यसपछि हरेक प्रजातान्त्रिक आन्दोलनमा आफ्नो सक्रियता रहेको बताए । 

नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्य उनी अहिले काठमाडौं महानगर वडा २५ को अध्यक्ष रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप