ad

बेलायतमा कोरोना संक्रमण दर उच्च

person explore access_timeअसोज १३, २०७८ chat_bubble_outline0

बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च रहेको छ । यहाँ एक साताभित्र दुई लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।


अघिल्लो दिन पनि संक्रमित संख्या ३४ हजारभन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३ प्रतिशतले वृद्धि भएको हो ।



यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १५० जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ९०४ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार ५२५ पुगेको छ । तर, कोभिडका कारण मृत्यु दर्ता गरिएको प्रमाणको आधारमा भने मृतक संख्या एक लाख ६० हजार नाघेको  छ  ।



गएको एक सातामा कोरोना संक्रमणका कारण पाँच हजार १७३ जना अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको संख्या भने अघिल्लो साताको तुलनामा १४.६ प्रतिशतले ह्रास आएको छ । पछिल्लो २४ घन्टामा ६५९ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ६ हजार ९७६ रहेको छ । यस्तै ८२६ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।



बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ३६ लाख ३० हजार ८५९ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ८७ लाख ९७ हजार ५७९ जना अर्थात ८९.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ४८ लाख ३३ हजार २८० जना अर्थात ८२.५ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।