शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठकको सुरुमै एमालेको नाराबाजी र अवरोध

बिहीबार, १४ असोज २०७८, १३ : २०
बिहीबार, १४ असोज २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने बितिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । 
बैठकमा सभामुख सापकोटाले संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्दा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका छन् । 

सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्दा फिर्ता गर जस्ता नारा लगाइरहेका छन् । एमालेको अवरोधका बीच सभामुखले बैठकलाई अगाडि बढाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप