शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

८ मिनेट बसेर सकियो प्रतिनिधिसभाको बैठक

बिहीबार, १४ असोज २०७८, १३ : ३७
बिहीबार, १४ असोज २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधि सभाको आजको बैठकपनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक प्रारम्भ भएको बताउने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गरेका हुन् । एमालेको अवरोधका बीच सभामुख सापकोटाले बैठकलाई अगाडि बढाएका थिए ।

बैठकको सुरुमा उनले राजनीतिक दल सम्बन्धीको अध्यादेश खारेजी सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाए । त्यसपछि उनले राष्ट्रपति कार्यालयबाटै प्राप्त राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण भएको पत्र पढेर सुनाएका थिए । 

त्यसपछि सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदन २०७८ पेश गर्न समय दिएका थिए ।  बैठकमा उनले नाराबाजी गरिरहेका एमाले सांसदहरुलाई संविधानको धारा १ सय ५ अनुसार अदालतमा विचाराधीन मुद्धामा संसदमा छलफल हुन नसक्ने कुरा ध्यानाकर्षण गराएका थिए  । 

सभामुखको आग्रहको वेवास्था गर्दै एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुद्धा फिर्ता गर भन्ने जस्ता नारा लगाएका थिए ।  प्रतिनिधिसभाको बैठक यही असोज १९ गते मंगलबारसम्मको लागि स्थगित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप