शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३२ अंकले घटेको सेयर बजारमा तीन अर्बको कारोबार, तीन कम्पनीका लगानीकर्ता मालामाल

बिहीबार, १४ असोज २०७८, १५ : १६
बिहीबार, १४ असोज २०७८

आज साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३२ अंकको गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा जम्मा तीन अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसक्रममा आज जम्मा ७३ लाख २१ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जानकारी दिएको छ ।

बजार उच्च अंकले घटे पनि आज व्यापार, अन्य र म्युचुअल फण्ड समूहमा भने सुधार आएको छ । व्यापार ११८ अंकले, अन्य ४ अंकले र म्यूचुअल फण्ड समूह ०.०३ अंकले बढेको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । विकास बैंक समूहमा सबैभन्दा धेरै १५५ अंकको, निर्जीवन बीमा समूहमा १०४ र जीवन बीमा समूहमा १०१ अंकको गिरावट आएको छ ।

समग्र बजार घटेपनि आज नेपाल फाइनान्स, मैलुङ खोला र मनकामना स्मार्ट लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । एकैदिन १० प्रतिशतले मूल्य बढेसँगै यी तीन कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप