‘डाँडाको वर-पिपल’ : चलचित्रको प्रचारभन्दा ‘महानायक’ को कन्ट्रोभर्सी धेरै !
‘डाँडाको वर-पिपल’ को यही असोज २६ गते (फूलपाती)बाट प्रदर्शनमा आउने फिल्म हो । शोभित बस्नेत निर्देशित फिल्मको रिलिज मिति नजिकिँदै गर्दा प्रचार प्रसार भने त्यति देख्न पाइएको छैन । फिल्मका निर्देशक शोभित बस्नेतले आइतबारबाट फिल्मको व्यापक प्रचार प्रसार सुरु हुने बताए । ‘हामी फिल्मको ट्रेलर र अन्य सामाग्री रिलिजको तयारीमा छौँ । अब फिल्मको प्रचार प्रसार व्यापक गर्छौँ,’ बस्नेतले थपे ।
केही अगाडि निर्माण युनिटले फिल्मले प्रचार प्रसारको लागि ‘काट्दिम्ला जुँगा जम्मै’ बोलको एक गीत सार्वजनिक गरेको थियो । कार्यक्रम सहित सार्वजनिक गरेको गीतको भन्दा बढी कार्यक्रममा कलाकारले ‘महानायक’, ‘महानायिका’को विषयमा दिएको अभिव्यक्ति चर्चामा रह्यो । सोही कारण गीतले सोचेजस्तो सफलता समेत हात पार्न सकेन ।
शिव श्रेष्ठ, भुवन केसी र गौरी मल्ल, सलोन बस्नेत, रुविना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत लगायतको अभिनय रहेको फिल्ममा अस्मिता जुरेली, हिउँवाला गौतम, उत्तम केसी, सङ्गम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय छ ।
चित्लाङ वरपर छायाङ्कन भएको फिल्म नवराज गिरीले बनाएका हुन् । फिल्ममा रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायाङ्कन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा एमालेको कुम्भ मेला : विकसित पार्टी निर्माणमा स्पष्ट दिशानिर्देशको अपेक्षा
-
डर्ट टेम्पलले सुरु गर्यो डिटी९७७ एमएक्स च्याम्पियनसिप
-
तीन जना मृत अवस्थामा फेला
-
दाइको हत्या गरेको अभियोगमा पक्राउ
-
खड्काल्याण्डले प्रयोग गरेको स्काउटको जग्गा र भवनमा सिल गरेर सरकारले आतङ्क फैल्यायो : सांसद खड्का
-
महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ