मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारी : प्रचण्ड

बिहीबार, १४ असोज २०७८, १७ : १८
बिहीबार, १४ असोज २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा तयार भैसकेको बताएका छन् । माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले गरेको अध्ययनअनुसार विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीका रुपमा बुझेको बताए ।

‘विद्यार्थी नेताहरु कम्युनिस्ट पार्टीको उत्तराधिकारीको रुपमा तयार भइसक्नुभएको रहेछ । हिजो स्थायी समिति बैठकमा पनि युवा नेताहरुको कमी भएको रहेनछ भन्ने बुझेर मैले पार्टीको केन्द्रीय समितिमा विद्यार्थी नेतालाई राख्ने प्रस्ताव राखे’, प्रचण्डको भनाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप