शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टीमा क्रान्तिकारी चरित्र र कार्यशैलीमा ह्रास आयो : प्रचण्ड

बिहीबार, १४ असोज २०७८, १४ : ००
बिहीबार, १४ असोज २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लोपटक प्रतिक्रियावादी विरुद्धको लडाइमा क्रान्तिकारीहरुको जीत भएको बताएका छन् । अखिल क्रान्तिकारीको २२ औं सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गत पुस ५ गते भएको संसद विघटन मात्रै नभएर प्राप्त उपलब्धि र संविधान समेत नष्ट गर्ने अभिप्रायले गरिएको बताए । त्यसबेला आफुसँग प्रतिक्रियावादीसँग लड्ने कि आत्मसमपर्ण गर्ने भन्ने विकल्प रहेको भन्दै आत्मसमर्पण नगरी लडेकाले क्रान्तिकारीहरुकै जीत भएको बताए ।

‘त्यसबेला मेरो अगाडि पनि ठुलो प्रश्न खडा भयो । लडाई गर्ने कि छोड्ने भन्ने’, प्रचण्डले भगतसिंहको फिल्मको उदाहारण दिँदै मारिनुपर्ने भएपनि मारिने भन्ने संकल्प गरेर सडक आन्दोलन सुरु गरेको बताए । उनले सडकमा आएपछि आनन्द भएको भन्दै देशव्यापी अभियानमा लाग्दा पदप्रति आशक्तहरु पनि सडकमा आएको बताए ।

उनले आफुहरुले सोचेजस्तो क्रान्ति पुरा नभएपनि त्याग र बलिदान खेर नगएको बताएका छन् । प्रचण्डले क्रान्तिकै कारण राजतन्त्र गएर संघीयता आएको भन्दै परिवर्तन जनताको सहभागिता विना सफल नहुने बताए । ‘ठुलो परिवर्तनको बाहक र युगिन परिवर्तन ल्याउने कारण चाहिँ हामी भयौं’, प्रचण्डको भनाइ छ ।  

उनले पार्टीमा क्रान्तिकारी चरित्र र कार्यशैलीमा ह्रास आएको भन्दै परिवर्तन जरुरी रहेको बताए । ‘हामी पनि पद, प्रतिष्ठा, पैसा, कमिसनका निम्ती र दलाल नोकरशाहीप्रति नजिक हुने र घाइते, वेपत्ता, सहिद परिवारप्रति वेवास्ता गर्ने प्रवृत्ति बढ्यो’, प्रचण्डले भने ‘नेतृत्वमा जो पुग्यो त्यो अवसरवादी, मैले धेरै मन्त्री बनाए ती पतन भए ।’ उनले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्ने सम्भावना अझै रहेकाले त्यसतर्फ लाग्न अपिल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप