शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा भिरबाट लडेर एक पुरुषको मृत्यु

बिहीबार, १४ असोज २०७८, १८ : ००
बिहीबार, १४ असोज २०७८

पोखरामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। पोखरा –२५ हेम्जास्थित फेमाछाल शाक्य गुम्बामा चौकीदारको काम गर्ने ४८ वर्षीय ओङ्छु शेर्पाको गुम्बा नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

शेर्पाको अन्दाजी ३ सय मिटर अग्लो भिरबाट खसेका घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । घटनाको जानकारी लगत्तै खटिएको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप