शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगिताको शुभारम्भ, नेपालकै उत्कृष्ट डिजिटल माइन्डको बिशेष हेडहन्ट

बिहीबार, १४ असोज २०७८, १९ : ४३
बिहीबार, १४ असोज २०७८

ललितपुर । नेपालकै अग्रणी मिडिया कम्पनी म्याक्स मिडियाको आयोजनामा ‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता शुभारम्भ भएको छ । डिजिटल मिडिया सम्वन्धी सम्भवत नेपालकै पहिलो र सबैभन्दा ठूलो यस प्रतियोगिताले डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुलाई भाग लिन आह्वान गरेको छ । 

‘म्याक्स मिडिया डिजिटल गुरु’ प्रतियोगिता सञ्चालन गर्नुको मुख्य उद्देश्य नै डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनीहरुलाई ब्यक्तिगत एवं समग्र नेपाली मिडिया उद्योगलाई नै टेवा पु¥याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको म्याक्सले जनाएको छ । 

म्याक्स मिडिया डिजिटल गुरु एउटा बिशेष चुनौतीको परीक्षण गर्ने लक्ष्य सहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहन्ट भएको र जहाँ सहभागीले प्रतियोगिताको नियममा रही आफ्नो रुचिको बिषयमा डिजिटल मिडिया सम्वन्धि सबल प्रस्तुति प्रस्तुत गर्न दिइने बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप