शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हेटौँडा अस्पतालले निःशुल्क मुटु रोग शिविर सञ्चालन गर्ने

बिहीबार, १४ असोज २०७८, २० : ०१
बिहीबार, १४ असोज २०७८

मुटु सम्बन्धी स्वास्थ्य समस्या भएका बिरामीहरूलाई लक्षित गरी हेटौँडा अस्पतालले निःशुल्क मुटु रोग शिविर सञ्चालन गर्ने भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालले बिहीबार पत्रकार सम्मेलन गर्दै शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बाँसबारी काठमाडौँसँगको सहकार्यमा स्वास्थ्य असोज १६ गते शनिवार शिविर आयोजना गर्ने जानकारी दिएको हो ।

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक मुटु रोग विशेषज्ञ डा. चन्द्रमणि अधिकारीको नेतृत्वमा ७ जना मुटु रोग विशेषज्ञ डाक्टर र ४ जना प्राविधिकहरू सहित ११ जनाको टोली शिविरमा उपचार गरिने अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डण्ट डा. रामचन्द्र सापकोटाले बताए । 

उनले सो शिविरमा करिब पाँच सय जनालाई बिरामीहरूले उपचार सेवा लिने अपेक्षा रहेको बताए । शिविरमा उपचारका लागि आउने बिरामीहरूको टिकटसहितका इसिजी, ईको, प्रसे सुगर, एक्सरे र रगत परीक्षण पनि निःशुल्क सेवा प्रदान गरिने डा. सापकोटाले बताए ।

लाभग्राहीको लागि मकवानपुरका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा सँगको सहकार्यमा सेवा प्रदान गरिनुका साथै मुटु रोगको परीक्षणसँगै ल्याबमा परीक्षण, औषधि समेत निःशुल्क उपलब्ध गराइने उनले बताए ।

प्रतिष्ठानमा इको गर्ने मेशिन नभएकाले गंगालाल अस्पतालबाट डाक्टरहरुको टोलीले ५ वटा इसिजी मेशिन र १ वटा इको मेशिन ल्याई उपचार गरिने उनले बताए । 

उनले आगामी एक वर्ष भित्र हेटौँडा अस्पतालमा नै दैनिक रुपमा मुटु सम्बन्धी उपचार सेवा प्रदान गर्ने गरि काम भइरहेको र हरेक शनिबार क्यान्सर र मुटुको उपचार अस्पतालमा नै गरिने तयारी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप