अस्ट्रेलियाको डार्विनमा हुने दसैँ महोत्सवको तयारी पूरा
अस्ट्रेलियाको डार्विन क्षेत्रमा दसैँ महोत्सव हुने भएको छ । नेप्लिज एसोसिएसन अफ नर्दन टेरिटोरीको आयोजनामा अक्टोबर २ मा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष युवराज पन्तले जानकारी दिए । गैरआवासीय नेपाली संघ अर्दन टेरिटोरीसमेतको सहआयोजनामा हुन लागेको महोत्सवमा नेपाली संस्कृति र सभ्यता झल्काउने प्रस्तुति रहनेछ ।
यस्तै दोस्रो पुस्ताका नेपाली बालबालिकाहरूको समेत यो महोत्सवमा प्रस्तुति रहने एनआरएनए नर्दन टेरिटोरीका संयोजक विष्णु चापागाईँले जानकारी दिए । महोत्सवको अन्य आकर्षणका रुपमा सांस्कृतिक नाच, लाइभ म्युजिक जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु पनि रहनेछन् भने सरकारी मन्त्री र उच्चपदस्थ पदाधिकारी तथा अन्य देश तथा समूदायका व्यक्तित्वहरुको समेत उपस्थिति रहने पन्तले जानकारी दिए ।
यस्तै नेपाली मः मः अस्ट्रेलियामा चिनाउने उद्देश्यले महोत्सवमा मःमको परिकार समेत राखिने भएको छ । फिलिपिनो कम्युनिटी सेन्टरमा हुने महोत्सवलाई स्थानीय सरकारको समेत सहयोग रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
मुख्यमन्त्री कँडेललाई कांग्रेसले विश्वासको मत नदिने
-
इतिहासलाई फर्केर हेर्दा, तस्बिरहरू
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने