शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ

शुक्रबार, १५ असोज २०७८, ११ : ३१
शुक्रबार, १५ असोज २०७८

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पर्वतको मोदी गाउँपालिका-५ मा २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्‍याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका-६ शिवालय चोकबाट पक्राउ गरेको हो ।

उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप