ज्येष्ठ नागरिकको अनुभव राष्ट्र निर्माणका उपयोगी : मुख्यमन्त्री पोखरेल
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने बताएका छन् । शुक्रबार ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुको ज्ञान र सीपलाई राष्ट्र निर्माणमा लगाउनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘जीवनको लामो कालखण्डमा आरोहअवरोह पार गर्दै ज्ञान,सीप र अनुभव आर्जन गर्नुभएका बुबाआमाको सम्मान हामीले गर्न सक्नुपर्दछ ।’
सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ तारिखलाई ज्येष्ठ नागरिकहरूलाई सम्मान र अधिकारमा पहुँच पुर्याउने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । ज्येष्ठ नागरिकका अनुभव राष्ट्र निर्माणका लागि अत्यन्तै अनुकरणीय हुने भन्दै मुख्यमन्त्री पोखरेलले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वर्द्धन गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रदेश सरकार सदा तत्पर रहेको प्रतिबद्धता जनाएका छन् । ज्येष्ठ नागरिकको जीवनलाई सहज र प्रभावकारी बनाउन सामाजिक सुरक्षा भत्ताका साथै सरकारले ज्येष्ठ नागरिक बिमा कार्यक्रम पनि सञ्चालन गर्दै आएको उनले उल्लेख गरेका छन् ।
विज्ञप्तिमा उल्लेख छ, ‘ज्येष्ठ नागरिकको सम्मान र व्यवस्थापन सन्तानले नै गर्नु पर्दछ भन्ने सामाजिक मान्यतालाई यथार्थमा बदल्न सके मात्र आमाबुवाप्रतिको दायित्व पूरा हुन्छ । ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्रभावकारी र जीवनोपयोगी बनाएर थप सुदृढ गर्दै लैजान सरोकारवालाको ध्यानाकर्षण गराउँदछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै