शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किशोरीलाई भारतमा बेच्न लगेको आरोपमा युवक पक्राउ

शुक्रबार, १५ असोज २०७८, १४ : १२
शुक्रबार, १५ असोज २०७८

पर्वतबाट १४ वर्षीया किशोरीलाई फकाएर भारततर्फ बेच्न लाँदै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुर्यबहादुर भण्डारी छन् । 

सुर्यबहादुरले प्रेमको अभिनय गरेर किशोरीलाई नेपाल भारत सिमानाको जोगबनी नाकासम्म लगेको पर्वतका डिएसपी शिवराज बुढाथोकीले रातोपाटीलाई बताए । किशोरीलाई बेच्नका लागी आफूतर्फ आकर्षित गर्न भण्डारीले मोबाइल पनि किनिदिएका थिए । 

जोगबनी नाका पार गर्ने बेलामा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई सुर्यबहादुरले ‘दाजु बहिनी भन्नु’ भनेर सिकाएका थिए । जोगबनी नाकामा खटिएको प्रहरी टोलीले शंका लागेर किशोरीका अभिभावकलाई फोन गरेपछि सुर्यबहादुरले उनलाई बेच्न लाँदै गरेको पोल खुलेको थियो ।  

किशोरी र आरोपीबीच केही दिनअघि मात्र सामान्य चिनजान भएको थियो । आरोपीलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी बुढाथोकीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप