शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनसरीबाट १६४ ग्राम खैरो हेरोइनसहित युवक पक्राउ

शुक्रबार, १५ असोज २०७८, १४ : ३४
शुक्रबार, १५ असोज २०७८

सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजारबाट प्रहरीले खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ घर भएका ३८ वर्षीय नईसाद अलि मिया छन् । उनको साथबाट १ सय ६४ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रदेश–१ प्रहरी कार्यालय बिराटनगर र जिप्रका सुनसरीबाट खटिएको टोलीले को.२७ प ३०८१ नम्बरको मोटरसाइकलमा सवार मियालाई सर्च गर्दा सो लागुऔषध फेला परेको थियो । आरोपीमाथि सुनसरी प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप