१९ दिनमै सकियो फिल्म ‘ग्रीन बर्ड’
शुक्रबार, १५ असोज २०७८, १४ : ३४
फिल्म ‘ग्रीन बर्ड’ को छायांकन सकिएको छ । १९ दिनमै फिल्मको छायाँकन सकिएको निर्माण युनिटले जानकारी दियो । २५ दिनको सेड्युल सहित छायांकनमा निस्किएको फिल्म अनुमानित समय अगाडि नै सकिएको हो ।
चितवन–नवलपुरमा छायाँकन भएको फिल्मका निर्देशक प्रमोद कँडेल हुन् । फिल्ममा अभिनेत्री सुरक्षा पन्त, कमलमणि नेपाल र अफरान अलीको मुख्य भूमिका रहेको छ ।
एक युवतीको संघर्षको कथा ब्यक्ति गर्ने फिल्म योङ स्टार सिनेमाको ब्यानरमा निर्माण भएको हो । फिल्ममा सुरक्षाले माइक्रोबायोलोजी अध्ययन गर्ने २२ वर्षिय युवतीको भूमिका निर्वाह गरेकी छन् ।
फिल्म यसैवर्ष भित्र प्रदर्शनमा आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीले आयोजकलाई हरायो
-
मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्नुपर्छ: ईश्वर पोखरेल
-
‘वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको प्रविधि निर्यात गर्ने लक्ष्य छ’
-
ड्राई पाउडर इनहेलर ‘साभाकोर्ट’ नेपाली बजारमा
-
हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन: पूर्व राष्ट्रपति भण्डारी
-
खर्च योजना सार्वजनिक गरेपछि खुम्चियो मेटाको शेयर