शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरद्वारा जेष्ठ नागरिकलाई सम्मान

शुक्रबार, १५ असोज २०७८, १५ : ५७
शुक्रबार, १५ असोज २०७८

चितवनको भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । उद्योग वाणिज्य संघ नारायणगढमा एक कार्यक्रमका बीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच-पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । यस्तै एक सय वर्ष नाघेका १३ जना जेष्ठ नागरिकलाई सम्मान पत्रसहित सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले जेष्ठ नागरिकको अधिकार प्राप्तिका लागि आवश्यक सहयोग र पहल गरिरहेको बताईन् । महानगरले जेष्ठ नागरिकहरूका लागि सबै वडामा डे केयर सेन्टर निर्माणको योजना अघि सारेको समेत मेयर दाहालले बताईन् । जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिने उनले बताईन् ।

जेष्ठ नागरिकहरुलाई दिन बिताउनै समस्या भइरहेकोले महानगरले डे केयर सेन्टर निर्माणको योजना बनाएको उनको भनाई थियो । उनका अनुसार अहिले बिभिन्न वडामा जेष्ठ नागरिक भवन निर्माणको काम पनि तिव्र गतिमा अघि बढीरहेको छ ।
 
चितवनका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जेष्ठ नागरिक तिरस्कृत हुने अवस्था आए खबर गर्न आग्रह गरे । परिवार तथा समाजबाट अपमान अथवा हेरचाह नभए प्रशासनले आवश्यक सहयोग गर्ने उनको भनाई थियो । 

जेष्ठ नागरिक संघ चितवनका अध्यक्ष केदार तिमल्सिनाले महानगरले जेष्ठ नागरिकहरुलाई गरेको सम्मान प्रशंसनीय भएको बताए । 
कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारी लगायतले दोसल्ला, पौष्टिक आहार र एक/एक हजार रुपैयाँ यातायात खर्चसहित जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप