बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

५ किलो गाँजासहित पोखराबाट एक युवक पक्राउ

शुक्रबार, १५ असोज २०७८, १८ : १९
शुक्रबार, १५ असोज २०७८

पाँच किलो गाँजासहित एक युवकलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । धादिङ रोरा गाउँपालिका–४ घर भएका २४ वर्षीय रोशन थोकरलाई पोखरा–३० पावर हाउसबाट प्रहरीले पक्राउ गरेको हो । 

वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग १ ख ९४०३ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार थोकरको साथबाट गाँजा फेला पारेको थियो । पक्राउ परेका थोकर उपर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप