शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको प्रसिद्ध मेनुको साथमा दरबार मार्गमा खुल्दै ‘हार्ड रक क्याफे’

शुक्रबार, १५ असोज २०७८, १९ : ५१
शुक्रबार, १५ असोज २०७८

काठमाडौं । अमेरिकाको प्रसिद्ध मेनुको साथमा काठमाडौंको दरबार मार्गमा ‘हार्ड रक क्याफे’ संचालनमा आउने भएको छ । आउँदो महिनादेखि दरबारमार्गमा अवस्थित शेर्पा मलमा खुल्ने ‘हार्ड रक क्याफे’ले अमेरिकी कक्टेल सर्भ गर्नेछ ।

सांगीतिक क्षेत्रका केही प्रख्यात कलाकारहरुको निजी वस्त्र तथा सांगीतिक उपकरणहरुको संग्रह ‘मेमोराविलिया’ साथै क्याफेले अमेरिकाको प्रसिद्ध मेनु, कक्टेल्स्का साथमा आफ्नो नयाँ प्रस्तुती पनि पेश गर्ने भएको छ ।

उक्त मलको पहिलो र दोस्रो तल्लामा संचालनमा आउने रेष्टुरेन्टबाट दरबार मार्गको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरूको आनन्द लिन सकिने संचालकको भनाइ छ ।

क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर हो, जसको लागि हार्ड रक प्रसिद्ध मानिन्छ । यी बर्गरहरुमा चेद्दार चीजसँग मिसाइएको बफसहित, क्रिस्पी अनियन रिङ, लेटस पत्ता र भाइन–रिपेण्ड टमाटर भएको प्रख्यात बर्गर समेत रहेको छ, जसलाई हार्ड रकको मौलिक पहिचान बनेको स्टेक ससका साथ उपलब्ध गराइने संचालकले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप