शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुराम भट्टराई र खगेन्द्र संग्रौलाको कटाक्ष : एमाले निभ्ने बेलाको बत्ति, कम्युनिस्ट नामको कलंक !

शनिबार, १६ असोज २०७८, ०९ : २५
शनिबार, १६ असोज २०७८

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई र बरिष्ठ साहित्यकार खगेन्द्र संग्रौला सामाजिक सञ्जालमा तत्काल प्रतिक्रिया व्यक्त गर्न माहिर मानिन्छन् । शुक्रबारदेखि शुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमाथि पनि डा. भट्टराई र संग्रौलाले टिप्पणी गर्न छुटाएनन् ।

खास गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो राखेर गरिएको तडक–भडक एवं कार्यकर्ताले गरेको स्कटिङप्रति भट्टराई र संग्रौलाले कटाक्ष गरेका छन् । डा. भट्टराईले यसलाई ‘निभ्न लागेको बत्ति’को संज्ञा दिएका छन् भने लेखक संग्रौलाले ‘कम्युनिस्टका नामको कलंक’ भनेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै डा. बाबुराम भट्टराई भन्छन्, ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लूटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्तमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

 

डा. भट्टराई अगाडि थप्छन्, ‘नक्कली राष्ट्रवाद, नृजातीय अहंकारवाद, पपुलिज्म र व्यक्तिपूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो । चेतना भया !’

त्यसैगरी साहित्यकार खगेन्द्र संग्रौलाले केपी ओलीमाथि कटाक्ष गर्दै भनेका छन्, ‘बालकोट–गोदावरी बाटाभरि ओलीका फोटैफोटा । लामबद्ध भक्तद्वारा ओलीको गोदावरी सवारी चलान । मञ्चमा न मार्क्स, न पुष्पलाल । मञ्चमा केवल ओली, बोतलमा ओली ।’

 

संग्रौला अगाडि भन्छन्, ‘६ हजारको भीडमा एक राजा, अरू प्रजा; एक देवता, अरू दास । एक प्रभु ओलीको देवत्वकरणमा ६ हजार भक्तको दासत्वकरण । हैट, कम्निस्ट नामको यो कलङ्क !’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप