मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

फूलपाती रिलिज गर्न ‘डाँडाको वर–पिपल’ले  ल्यायो ट्रेलर

आइतबार, १७ असोज २०७८, १४ : २०
आइतबार, १७ असोज २०७८

फिल्म ‘डाँडाको वर–पिपल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका केही महत्वपुर्ण दृश्य समेटिएका छन् । ट्रेलरमा प्रेम, रोमान्स र एक्सनलगायतका दृश्य समेटिएका छन् ।
दशैँको अवसर पारेर असोज २६ अर्थात फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘डाँडाको वर–पिपल’ शोभित बस्नेतले निर्देशन गरेका हुन् । बस्नेतको निर्देशन रहेको यो ३१ औं फिल्म हो ।

भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञानकुमार कटेलको अभिनय फिल्ममा समेटिएको छ फिल्ममा समेटिएको छ ।
यसै फिल्म मार्फत भुवन र शिवले १६ वर्षपछि एकसाथ काम गर्दैछन् । काठमाडौं र चित्लाङका बिभिन्न स्थानमा छायाँकन भएको फिल्म बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा नवराज गिरीले बनाएका हुन् ।

रामकाजी घिमिरेको लेखन, सुशान्त प्रजापतिको छायाँकन, शिव मुखिया÷एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप