शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिस कलेजमा ‘बीएस्सी साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक’ को पढाई हुने

आइतबार, १७ असोज २०७८, १५ : ४१
आइतबार, १७ असोज २०७८

काठमाडौं । ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको पढाई संचालन गर्ने भएको छ । ब्रिटिस एजुकेसन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाई संचालन गर्न लागेको हो ।

कलेजले कम्प्युटिङ डिग्रीलाई अझै परिष्कृत बनाउँदै बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषयको पढाई संचालन गर्न लागेको हो । यो नयाँ विषयको पढाई युनिभर्सिटी अफ वेष्ट इङ्ग्ल्यान्ड (युडब्लुई)को सम्वन्धमा संचालन हुनेछ ।

बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ । साथै, टीबीसीमा पनि सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाईलाई संचालन गर्नेछन् ।

कोरोनाभाइरस (कोभिड–१९)को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूको बृद्धि भएसँगै साइबर क्राइमको जोखिम पनि उत्तिकै रहेको हुँदा टीबीसीले संचालन गर्न लागेको यस विषयको पढाईले कुशल साइबर सुरक्षा र डिजिटल फरेन्सिकका विद्यार्थी उत्पादन गर्ने कलेजले जनाएको छ ।

बीएस्सी (हन्स) साइबर सेक्युरिटी एन्ड डिजिटल फरेन्सिक विषय विद्यार्थीहरुलाई कम्प्युटरमा आधारित गतिविधिहरूको जाँच, प्रविधियुक्त उपकरणहरुको उपयोग, र उपकरण तथा प्रविधिलाई सुरक्षा उल्लंघनबाट रोक्नको लागि यो विषयको डिजाइन गरिएको कलेजले जनाएको छ ।

कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डीन अरुण जोशीले सो विषयको पढाइलाई सर्वसुलभ बनाएर डिजिटल नेपालको अवधारणालाई योगदान पु¥याउने दावी गरेका छन् । जोशीका अनुसार पढाईलाई प्रभावकारी बनाउनको लागि अत्याधुनिक प्रयोगशालाको निर्माणको थालनी गरिएको छ । जसले गर्दा विद्यार्थीहरुले प्रविधिको क्षेत्रमा नयाँ कुराहरु सिक्ने अवसर पाउनेछन् ।

त्यस्तै, कलेजका मार्केटिङ हेड अमरदीप मण्डलले पनि टीबीसीले संचालन गर्न लागेको नयाँ विषयको पढाई वर्तमान समयको माग भएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप