बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप ११६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

आइतबार, १७ असोज २०७८, १७ : ३५
आइतबार, १७ असोज २०७८

गण्डकी प्रदेशमा थप ३३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा ७५५ जनामा गरिएको नमूना परीक्षणमा तीन दिनमा प्रदेशमा ३११६ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ५५ महिला ६१ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की ६९, स्याङ्जा २४, म्याग्दी ३, लमजुङ ५, तनहुँ ११ र नवलपरासी पूर्वमा ५ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८५ हजार ८७६ पुगेको छ । 

गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा पोखरा– १३ का ९७ बर्षिय पुरुष, पोखरा–३ का ५३ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिका –६ का ७७ वर्षीय पुरुष र भानु नगरपालिका–२ का ५१ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३६६ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८३ हजार २९४ पुगेको छ ।   त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या १ हजार २१६ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।


    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप