जबरजस्ती करणी गरेको आरोपमा रुपन्देहीमा एक जना पक्राउ

एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ परेका छन् । देवदह नगरपालिका–६ शिवालय टोल डेरा गरी बस्ने दाङ राप्ती गाउँपालिका–६ घर भएका ४६ वर्षीय हिमाल खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
देवदह नगरपालिका एक २१ वर्षीया युवतीलाई जबरजस्ती गरेको अभियोगमा खड्कालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दाउन्ने काष्ठकलामा घुम्न गएको अवस्थामा खड्काले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खैरेनी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यता, बाँके जिल्लाको बैजानाथ गाउँपालिका–१ करेली बस्ने ५६ वर्षीया लालकली बुढाको करेली खोलाले बगाएर मृत्यु भएको छ । आफन्तकोमा गई घर फर्कने क्रममा खोलाले बगाउँदा गम्भीर घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गठबन्धनलाई पराजित गर्नुपर्छ, २०८४ मा एमालेको एकल बहुमतको सरकार बनाउनुपर्छ : केपी ओली
-
जीवास्म इन्धनबारे ओपेकको अडान जारी, वार्ता सकारात्मक टुङ्गोमा पुग्नेमा चीन आशावादी
-
गाजामा भएको हताहतका लागि अमेरिका नै जिम्मेवार हुनुपर्छ : अब्बास
-
पहिलेको तुलनामा सफा देखियो पशुपति क्षेत्र
-
एनसेल सेयर बिक्री प्रकरणको निष्पक्ष छानबिन गर्न माग
-
आयात प्रतिस्थापन गर्न उत्पादनमा जोड दिनुपर्छ : मुख्यमन्त्री शर्मा